खोटाङको रसुवा–सिमपानी-पानधारे सडक हुनेभयो कालोपत्रे, पूर्वाधार मन्त्री राईले गरे शिलान्यास

खोटाङको रसुवा–सिमपानी-पानधारे सडक हुनेभयो कालोपत्रे, पूर्वाधार मन्त्री राईले गरे शिलान्यास

रोदिक खबर

७, पौष २०८१
  • 3.4K
    SHARES
  • खोटाङको रसुवा–सिमपानी-पानधारे सडक हुनेभयो कालोपत्रे, पूर्वाधार मन्त्री राईले गरे शिलान्यास

    खोटाङ । कालोपत्रेको लागि ठेक्का लागेको रसुवा–सिमपानी १५ किलोमिटर सडकको शनिवार शिलान्यास गरिएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ४६ करोड ७५ लाख ९८ हजार ६५७ रुपैयाँ ५६ पैसामा उक्त सडक कालोपत्रे हुन लागेको हो ।

    खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे रसुवाबाट सिम्पानी–रोक्सिङभञ्ज्याङ हुँदै पानधारे भोजपुर जोड्ने सडकको शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास,स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शिलान्यास गरेका हुन् । मन्त्री भएको १०० दिन पुगेको अवसरमा मन्त्री राईले आफ्नो गृह जिल्लाको सडक कालोपत्रेको शिलान्यास गरेका हुन् ।

    हाल उक्त सडकको रसुवाबाट सिमपानीसम्मको १५ किलोमिटर सडक कालोपत्रे हुनेछ । ठेक्का सम्झौता अनुसार साढे ५ मिटर फराकिलो सडक ५ सेन्टीमिरटको कालोपत्रे हुनेछ । सडकको दुवैतर्फ एक मिटर सोल्जर रहनेछ, १ मिटर १० सेन्टीमिटरको नाली रहने पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ ।

    याक्थुम्हाङ/रेग्मी/चुरिया जेभी निर्माण कम्पनीले सडक कालोपत्रेको जिम्मा पाएको हो । २०८१ साउन ७ गते सम्झौता भएको सडक कालोपत्रेको ठेक्काको म्याद ३६ महिना अर्थात २०८४ साउन ६ गतेसम्म रहनेछ । सम्झौता मिति भित्रै काम सम्पन्न गरेर सडक हस्तान्त्रण गर्ने निर्माण कम्पनीले जनाएको छ । समयमै काम सम्पन्न भए खोटाङ जिल्ला भित्रपर्ने मध्य पहाडी लोकमार्ग बाहेक कालोपत्रे हुने पहिलो जिल्लाको सडक रसुवा–सिम्पानी सडक बन्नेछ ।

    ट्रयाक ओपन भएको लामो समयसम्म बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे रहने रसुवा–पानधारे सडक अबको ३६ महिनाभित्रमा कालोपत्रे हुने निश्चित भएको हो । रसुवा–पानधारे सडक कालोपत्रे भएपछि सिङ्गो खोटेहाङ गाउँपालिकासँगै जिल्लाको दक्षिण भूगोलका आम नागरिकलाई तराइसँग जोडिन सहज हुनेछ ।

    bb.jpegकोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक साहको अध्यक्षतामा भएको सडक शिलान्यास कार्यक्रममा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई, बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेश राउत, खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राई, कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका महाशाखा प्रमुखहरु लगायत विभिन्न वडाका वडाध्यक्षसँगै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति मन्त्रीका स्वकीय अमृत गिरीले जानकारी दिए ।

    शिलान्यास कार्यक्रमका बोल्दै मन्त्री राईले सम्झौता मिति भित्रै सडक कालोपत्रे गरिसक्न निर्माण कम्पनीलाई निर्देश दिएका छन् । बजेट मन्त्रालयले सुनिश्चित गर्ने छ, तर सडक बिचैमा अलपत्र पारेर छाड्न निर्माण कम्पनीलाई छुट नभएको उनले बताए ।

    कालोपत्रे सडक हेर्न अन्य जिल्ला जानु पर्ने खोटाङका नागरिकले अब आफ्नै जिल्ला, आफ्नै गाउँको कालोपत्रे सडकमा यात्रा गर्न पाउने उनको भनाइ छ । रसुवा–सिम्पानी सडक शिलान्यास भइसकेको छ, यो सँगै जिल्लाका अन्य सडक पनि कालोपत्रे गर्ने गरी आफु लागिरहेको उनको भनाइ छ ।

    प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - ०६:४४:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको