• ट्रेण्डिङ:

हलेसीमा राष्ट्रपति रनिङ शिल्ड सुरू

हलेसीमा राष्ट्रपति रनिङ शिल्ड सुरू

रोदिक खबर

२, माघ २०८१
  • 2.4K
    SHARES
  • हलेसीमा राष्ट्रपति रनिङ शिल्ड सुरू

    खोटाङ, माघ २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिका भित्रका अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको हो ।

    नगरपालिकाको वडा नम्बर १० अर्खौले विजुलेस्थित सालपा खेलमैदानमा बुधबारबाट सुरु भएको प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ ।

    प्रतियोगितामा ३० स्वर्ण, रजत र कास्यसहित कुल ९० पदकका लागि प्रतिस्पर्धा हुने नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले बताए।

    एथलेटिक्सतर्फत २६, कबड्डी र भलिबलतर्फ महिला र पुरुष गरी चार स्वर्ण पदकका लागि नगरपालिका भरिका १२ सामुदायिक र एक संस्थागत गरी १३ विद्यालय प्रतिस्पर्धामा उत्रिएका छन् ।

    यस अघिको संस्करणको उपाधि मंगलटारस्थित पिपलडाँडा देविस्थान माध्यमिक विद्यालयले जितेको थियो । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डका साथमा मेडल र प्रमाणपत्र पाउने छ ।

    दोश्रो र तेश्रो हुने विद्यालयले कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक विद्यामा प्रथम, दोश्रो र तेश्रो हुने विधार्थी खेलाडीले ट्रफी प्राप्त गर्ने छन् ।

    प्रतियोगितामा सहभागी विद्यालयलाई दुरीको आधारमा ३० देखि ५० हजार खर्च उपलब्ध गराईने नगरपालिकाकी विमला राईले बताइन।यस प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले ७ लाख बजेट विनियोजन गरेको छ ।

    नगर प्रमुख विमला राईको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले गरेका हुन् ।

    यस्तै, कार्यक्रममा नगर उपप्रमुख रमेश कुमार राउत, विभिन्न वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक एवं शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :माघ २, २०८१ बुधवार - २०:३२:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको