शुक्रवार, भाद्र २६ गते २०८३

अपाङ्ग सेवा संघ खोटाङको अध्यक्षमा जयनारायण कटवाल

अपाङ्ग सेवा संघ खोटाङको अध्यक्षमा जयनारायण कटवाल

रोदिक खबर

१८, माघ २०८१
  • 2.2K
    SHARES
  • अपाङ्ग सेवा संघ खोटाङको अध्यक्षमा जयनारायण कटवाल

    खोटाङ, माघ १८ । अपाङ्ग सेवा संघ खोटाङको नयाँ कार्य समिति चयन भएको छ । खोटाङको दिक्तेलमा बिहीबार सम्पन्न भएको सातौँ अधिवेशनबाट जयनारायण कटवालको अध्यक्षतामा १५ जनाको कार्य समिति चयन भएको हो ।

    दिक्तेलस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा भएको अधिवेशनले कटवाललाई सर्वसहमत अध्यक्षमा निर्वाचित गरेको हो ।

    यस्तै, समितिको उपाध्यक्षमा सर्वजित राई, सचिवमा लोकमणी श्रेष्ठ, सह–सहिचवमा सिता खत्री र कोषाध्यक्षमा रमेश चन्द्र राईलाई भेलाले सर्वसहमत निर्वाचित गरेको छ ।

    समितिको सदस्यहरुमा उमेशचन्द्र आचार्य, भानुभक्त अधिकारी, धन बहादुर नेपाली, अम्बिका अधिकारी, भगवती प्रधान, कजन बहादुर खड्का, हिमाल राई, चन्द्रकला रिजाल, गणेश खड्का र चेतना मगर निर्वाचित भएको नवनिर्वाचित सचिव लोकमणी श्रेष्ठले बताए ।

    कार्यक्रममा जिल्ला भरका करिब १५० जना अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा संविधान सदस्य दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशका सदस्य गणेश राई, राजनीतिक दल र विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको अपाङ्ग सेवा संघ खोटाङले जनाएको छ ।

    प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - २३:५६:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको