आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पाले चुम्यो ‘नेर्पा भुलभुले पुरुष फुटबल’को उपाधि

आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पाले चुम्यो ‘नेर्पा भुलभुले पुरुष फुटबल’को उपाधि

रोदिक खबर

२६, माघ २०८१
  • 4.0K
    SHARES
  • आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पाले चुम्यो ‘नेर्पा भुलभुले पुरुष फुटबल’को उपाधि

    खोटाङ, २६ माघ । ‘तेस्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पा खोटाङले चुमेको छ ।

    केपिलासगढी गाउँपालिका–४ बाक्सिलासँग आज (शनिबार) भएको फाइनल खेलमा बाक्सिलालाई शून्यका विरुद्ध दुई गोल गर्दै आयोजक नेर्पा स्पोर्टस् क्लब नेर्पाले तेस्रो सँस्करणको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि चुमेको हो ।

    नेर्पास्थित स्पोर्टस् क्लबको आफ्नै खेलमैदान संसारीडाँडामा भएको फाइनल खेलको पहिलो हाफमा नेर्पा स्पोर्टस् क्लब नेर्पाका जर्सी नं. ११ का खेलाडी भुजन गुरुङ एक्लैले दुवै गोल गरेका थिए ।

    निर्धारित समयको पहिलो हाफको पाँचौँ मिनेट र २७ औँ मिनेटमा गोल गर्न सफल भुजन म्यान अफ दि म्याच घोषित भए । उपाधि विजेता आयोजक नेर्पा स्पोर्टस् क्लब नेर्पाले नगद दुई लाखको साथमा ट्रफी र मेडल प्राप्त गरेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित वडा कार्यालयसँगको सहकार्यमा आयोजित तेस्रो सँस्करणको प्रतियोगितामा उपविजेता बनेको बाक्सिलाले नगद एक लाखको साथमा ट्रफी र मेडल प्राप्त गरेको छ ।

    प्रतियोगिताका सेमिफाइनलिष्ट टोली साकेला गाउँपालिका–२ रतन्छा र दिक्तेल फुटबल एकेडेमी (केएफए) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलले नगद रु ४०/४० हजारको साथमा मेडल प्राप्त गरेको छ ।

    चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेर्पा स्पोर्टस् क्लब नेर्पाका गोल रक्षक नवीन पोखरेल प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

    प्रतियोगिताका सर्वोउत्कृष्ट खेलाडी पोखरेललाई नगद रु दश हजारको साथमा ट्रफी र मेडल प्रदान गरिएको आयोजक नेर्पा स्पोर्टस् क्लब नेर्पाका अध्यक्ष शरद राईले जानकारी दिए ।

    प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्ता घोषित भएका दिक्तेल फुटबल एकेडेमी (केएफए)का खेलाडी दीपक खत्रीले नगद सात हजार नगदको ट्रफी र मेडल प्राप्त गरे ।

    विद्यागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षकमा बाक्सिलाका अजय परियार, उत्कृष्ट डिफेन्डरमा नेर्पाका सुदीप मगर, उत्कृष्ट मिडफिल्डरमा नेर्पाकै सामेल राई, उत्कृष्ट फरवार्ड नेर्पाकै सागर तामाङ तथा उदयमान खेलाडीमा बाक्सिलाका सन्देश राई र उत्कृष्ट प्रशिक्षकमा नेर्पाका विशाल राई घोषित भए ।

    उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले जनही नगद पाँच/पाँच हजारको साथमा ट्रफी र मेडल प्रदान गरिएको आयोजक नेर्पा स्पोर्टस् क्लब नेर्पाका सचिव रणजङ राईले बताए ।

    प्रतियोगिताका विजेता टोली तथा खेलाडीलाई कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई लगायतले पुरस्कार प्रदान गरेका थिए । जिल्लास्थित विभिन्न स्थानीय तहका १२ वटा वडाले सहभागिता जनाएका थिए ।

    प्रतियोगिता समापनको अवसरमा नेर्पामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गर्दै आएका छ जना व्यक्तिलाई आयोजकले सम्मान गरेको छ ।

    नेर्पा स्पोर्टस् क्लब नेर्पाले हरेक वर्ष सञ्चालन गर्दै आएको अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको अघिल्लो सँस्करण दोर्पा चिउरीडाँडाले जितेको थियो ।

    प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - २२:०६:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको