खोटाङ । खोटाङमा सुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलास्थित पानीट्याङ्की अगाडी मध्यपहाडी लोकमार्गमा मंगलबार बिहान दिक्तेलतर्फ आउदै गरेको सुमो र विपरीत दिशाबाट जादै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा बा ९३ प १९१३ नम्बरको मोटरसाइकल चालक पाथेकाका मदन गिरी र पछाडी बस्ने सोही ठाउँका लक्ष्मी प्रसाद गिरी घाइते भएका छन्। घाइते दुईजनालाई उपचारका लागि दिक्तेल पठाईएको प्रहरीले जनाएको छ ।
उनीहरु पाथेकाबाट अखौलेको बिजुलेमा जन्ती हिडेका हुन्। दुर्घटनामा परेको ना १ ज ६२१९ नम्बरको सुमोको अघिल्लो भागमा केही क्षति भएको छ।
सुमोमा चालकसहित ४ जना सवार थिए। उनीहरुलाई केही नभएको जनाईएको छ।