पिपलडाँडा माविमा एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना

पिपलडाँडा माविमा एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना

रोदिक खबर

२०, फाल्गुण २०८१
  • 3.3K
    SHARES
  • पिपलडाँडा माविमा  एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना

    खोटाङ २० फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित पिपलडाँडा माध्यमिक विद्यालयमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्थानीय स्वर्गीय टंकल राईको स्मृतिमा उनको परिवारले टंकल राई स्मृति अक्षय कोष स्थापना गरेका हुन् ।

    मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच राई परिवारले उक्त अक्षय कोषको रकम विद्यालयका निमित्त प्रधानाध्यापक भेखनाथ चौधरीलाई हस्तान्तरण गरिएको सन्तोष राईले जानकारी दिए ।

    कोषबाट प्राप्त भएको ब्याजबाट विद्यालयमा अध्ययनरत गरिब, विपन्न र उत्कृष्ट छात्रछात्रालाई वार्षिक रुपमा पुरस्कृत गरिने कोषका संरक्षक लोक बहादुर राईले बताए । विद्यालयमा स्थापना भएको अक्षय कोषले गरिब, विपन्न तथा उत्कृष्ट विद्यार्थीका लागि शैक्षिक विकासमा ठूलो टेवा पुग्ने विद्यालयका निमित्त प्रधानाध्यापक चौधरीले बताए ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले यस कोषले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका थिए ।

    उक्त माविमा कक्षा ११ मा अध्ययनरत टंकलको २०८० साल फागुन २० गते टिफरसँग बाईक ठोक्किदा मृत्यु भएको थियो ।

    दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिपरसँग स ९ प १२१२ नम्बरको बाईक हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको कामीडाँडामा ठोक्किँदा बाईकमा सवार हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार देविटारका २५ वर्षीय टंकल मृत्यु भएको थियो ।

    यस्तै, अक्षयकोष स्थापना कार्यक्रमको अवशरमा पिपलडाँडा माध्यमिक विद्यालयको आयोजानमा हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारस्थित अन्तरमावि सदन स्तरीय तथा अन्तर प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता र नृत्य प्रतियोगिता गरिएको छ ।

    अन्तर मावि सदन स्तरीय हाजिरीजवाफ प्रतियोगितामा अरनिको सदन प्रथम, बलभद्र सदन द्धितिय र पासाङल्हामु सदन तृतिय भएका छन् ।

    प्रतियोगतामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः तीन हजार पाँच सय, दुई हजार आठ सय र दुई हजार एक सय रुपैयाँ पुरस्कार राशीसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

    यस्तै, अन्तर प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा पिपलडाडा मावि प्रथम, दिपक जनज्योति आवि माध्यमिक विद्यालय द्वितीय र जनश्रम आवि तृतिय भएका छन् ।

    प्रतियोगतामा प्रथम, द्वितीय र तृतिय हुनेले क्रमशः चार हजार, तीन हजार दुई सय र दुई हजार चार सय रुपैयाँ पुरस्कार राशीसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

    यस्तै, खुल्ला तथा सदन स्तरीय नृत्य प्रतियोगिता पनि गरिएको छ । खुल्ला नृत्यतर्फ लक्ष्मी राई प्रथम, सन्ध्या राई द्वितीय र युनिश पुलामी मगर तृतीय भएका छन् भने सदन स्तरीय नृत्य प्रतियोगितामा अरनिको सदन प्रथम, बलभद्र सदन द्वितीय र पासाङल्हामु सदन तृतीय भएका छन् ।

    उनीहरुले क्रमशः दुई हजार, एकजार पाँच सय र एक हजार रुपैयाँ पुरस्कार राशीसहित प्रमाणपत्र प्राप्त गरेको विद्यालयले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २०, २०८१ मंगलवार - २१:५२:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको