शुक्रवार, भाद्र २६ गते २०८३

हलेसी तुवाचुङ नगरपालिकाद्वारा दुई पत्रकार सहित पाँच जनालाई पुरस्कृत

हलेसी तुवाचुङ नगरपालिकाद्वारा दुई पत्रकार सहित पाँच जनालाई पुरस्कृत

रोदिक खबर

२४, फाल्गुण २०८१
  • 2.9K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकाद्वारा दुई  पत्रकार सहित पाँच जनालाई पुरस्कृत

    खोटाङ । खोटाङमा क्रियाशिल पत्रकार राजकुमार भट्टराई र सविना अछामे पुरस्कृत भएका छन्।

    ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाले शनिबार महादेवस्थानस्थित हलेसी मन्दिर प्राङ्गणमा भट्टराई र अछामेलाई पुरस्कृत गरेको हो।

    पत्रकारिताको माध्यमबाट नगरपालिकाको समग्र विकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै पत्रकारद्धय भट्टराई र अछामेलाई जनही नगद २५ हजारसहित पुरस्कृत गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताईन।

    भट्टराई र अछामेलाई पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधिसभा सदस्य डाक्टर प्रकाशशरण महतले पुरस्कार वितरण गरेका हुन्।

    रावाबेशी गाउँपालिका–६ हौचुरका भट्टराई नेपाल पत्रकार महासंघ शाखा खोटाङका सचिव हुन् भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी अछामे पत्रकार महासंघ खोटाङ शाखाकी महिला उपाध्यक्ष हुन्।

    यस्तै, कार्यक्रमको अवसरमा सल्लेकी महिला उद्यमी हिरा श्रेष्ठ र अर्खौलेकी कविता राईलाई पनि जनही २५ हजारसहित सम्मान गरिएको छ भने नगरपालिकाको लोगो निर्माण गर्ने सन्तोष दाहाललाई सम्मान पत्रले सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।Screenshot_20250308_213315_Gallery.jpgScreenshot_20250308_213331_Gallery.jpgScreenshot_20250308_213344_Gallery.jpg

    प्रकाशित मिति :फाल्गुण २४, २०८१ शनिवार - २१:३६:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको