• ट्रेण्डिङ:

नेपालमा कोरोना अपडेट :

कोरोनाको कारण थप १० जनाको मृत्यु, मृतक संख्या ४११ पुग्यो

कोरोनाको कारण थप १० जनाको मृत्यु, मृतक संख्या ४११ पुग्यो

रोदिक खबर

४, आश्विन २०७७
  • 2.2K
    SHARES
  • कोरोनाको कारण थप १० जनाको मृत्यु, मृतक संख्या ४११ पुग्यो

    काठमाडौं । नेपालमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा देशभर कोरोनाको कारण थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये ४ जना पुरुष र ६ जना महिला रहेका छन् ।

    यस संगै नेपालमा मृत्यु हुनेको संख्या ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको दर बढिरहेको छ । 

    मन्त्रालयका अनुसार आज  थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म कुल संक्रमितमध्ये ७२ प्रतिशत अर्थात ४६ हजार २ सय ३३ जना कोरोना उपचारपछि निको भएका छन् ।

    पछिल्लो २४ घण्टामा मात्र थप ९ सय ६६ जना कोरोना उपचारपछि निको भएर फर्किएका छन् । हाल नेपालमा १७ हजार ४ सय ७८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । भने हाल ७ हजार ४ सय ५१ जना क्वारेनटाइनमा रहेका छन् ।

    प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - १९:१२:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको