खोटाङ । नेपाल पत्रकार महासंघ शाखा खोटाङका उपाध्यक्ष चिसाङ शेर्पा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।
सोल्मा स्पोर्ट्स क्लबको आयोजनामा सोल्मा खेलमैदानमा बिहीबार सम्पन्न पाँचौ अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको समापनमा नगद पाँच हजार ५५५ रुपैयाँसहित शेर्पा पुरस्कृत भएका हुन्।
फुटबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न पत्रकारिता मार्फत पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै पत्रकार शेर्पालाई पुरस्कृत गरिएको सोल्मा स्पोर्ट्स क्लबका अध्यक्ष ध्रुवविक्रम राईले बताए।
शेर्पालाई कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले पुरस्कार प्रदान गरेका थिए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला निवासी शेर्पा समायोजन खबर डटकमका अध्यक्ष हुन्। उनी नेपाली संस्करणको हिमालय टाईम्स दैनिक पत्रिकाका जिल्ला संवाददाता हुन्।