शुक्रवार, भाद्र २६ गते २०८३

कालिका भगवतीको दर्शन र प्रचारप्रसार गर्न महाराज कालीदास बाबा दिक्तेलमा

कालिका भगवतीको दर्शन र प्रचारप्रसार गर्न महाराज कालीदास बाबा दिक्तेलमा

रोदिक खबर

२, चैत्र २०८१
  • 9.1K
    SHARES
  • कालिका भगवतीको दर्शन र प्रचारप्रसार गर्न महाराज कालीदास बाबा दिक्तेलमा

    खोटाङ, २ चैत । प्रसिद्ध धार्मिकस्थल मझुवा कालिका भगवतीको दर्शन र प्रचार –प्रसार गर्न स्वामी एक हजार आठ कृष्णानन्द जी महाराज कालीदास बाबा खोटाङको दिक्तेल आएका छन् ।

    शनिबार हेलीकोप्टरमार्फत मझुवा कालिका भगवतीको शरणमा आएका बाबाले त्रिधार्मिक तपोःभूमी हलेसी महादेवको दर्शन गरेपछि मझुवा कालिका भगवतीको दर्शन नगरे पूण्य प्राप्त नहुने बताएका छन् ।

    दूधकोशी नदिको शुद्ध जलले स्नान गरेर पहिलो चरणमा हलेसी महादेवको दर्शन गर्नुपर्ने र त्यसपछि मझुवा कालिका भगवतीको दर्शन गरेमात्र पूण्य कमाइने उनलेे बताएका हुन् ।

    जो कोही दर्शनार्थीले वा धर्मालम्बीहरुले दूधकोशीको जलले स्नान नगरे वा हलेसीको मात्र दर्शन गरे उहाँहरुले पुण्य नकमाएको उनको भनाई छ । जसले हलेसी महादेवको दर्शन गरेर कालिका भगवतीको दर्शन गरेको छ उसले मात्र पुण्य कमाएको उनको दावि छ ।

    धर्मग्रन्थमासमेत हलेसी र कालिका भगवती एकआपसमा सम्बन्ध रहेकोे आगामी दिनमा हलेसीको दर्शनपछि मभुवाकालिकाको दर्शन अनिवार्यरुपमा गर्न भक्तजन तथा दर्शनार्थीलाई आग्रह गरेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मझुवा कालिका भगवी संरक्षण तथा विकास समितिले कालीदास बाबालाई मझुवा कालिकाको प्रागंणमा ल्याएको हो ।

    सयौं धर्मालम्बीको उपस्थितिमा बाबाले कालिका भगवतीको दर्शन र पूजाआजा गरेका हुन्। करिव एक घण्टा कालिका भगवतीस्थलमा बसेका बाबा हलेसी दर्शन गर्न र हलेसीको दर्शनपछि काठमाडौं फर्किने बताएको छ ।

    बि.सं १७५० को हाराहारीमा विरन्ची आचार्य र रणवीर राईले एउटै व्यहोराको सपना देखेपछि त्यो स्थानमा गएर हेर्दा कालिका भगवती प्रकट भएको इतिहास छ ।

    प्रकाशित मिति :चैत्र २, २०८१ शनिवार - १८:०८:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको