सिद्धेश्वरी आविको विव्यास अध्यक्षमा धनिराम राई

सिद्धेश्वरी आविको विव्यास अध्यक्षमा धनिराम राई

रोदिक खबर

३, चैत्र २०८१
  • 3.4K
    SHARES
  • सिद्धेश्वरी आविको विव्यास अध्यक्षमा धनिराम राई

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सिद्धेश्वरी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा धनिराम राई सर्वसहमत चयन भएका छन् । आइतबार सम्पन्न विव्यासको निर्वाचनबाट राई अध्यक्षमा सर्वसहमत चयन भएका हुन् ।

    समितिको खुल्ला सदस्यमा प्रेमचन्द्र थापा चयन भएका छन् भने दुई महिला सदस्यमा प्रज्ञा राई र अणुमोल भुजेल चयन भएका छन् । पदेन सदस्यमा वडाध्यक्ष ध्रुवविक्रम राई तथा वडा प्रतिनिधिमा वडा सदस्य पेमा शेर्पा रहेका छन् ।

    शिक्षक प्रतिनिधिमा जसबहादुर तामाङ, विद्यार्थी प्रतिनिधिमा सुशिल तामाङ, दाकिमा शेर्पा र समिक्षा राई रहेका छन् भने सदस्य सचिवमा प्रअ विन्दा थापा रहेकी छन् ।

    शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ अनुसार निर्वाचित चारजना विव्यास सदस्यहरु मध्येबाट राई अध्यक्षमा चुनिएका हुन् ।

    प्रकाशित मिति :चैत्र ३, २०८१ आइतवार - २०:५६:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको