शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी (पदाधिकारीको मतसहित)

बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी (पदाधिकारीको मतसहित)

रोदिक खबर

२८, चैत्र २०८१
  • 2.5K
    SHARES
  • बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी (पदाधिकारीको मतसहित)

    काठमाडौं २८ चैत्र । नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् ।

    मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाए ।

    महासचिवमा पनि कांग्रेस-एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए ।

    अन्य सबै पदाधिकारीमा कांग्रेस-एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।

    कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएकी छन् ।

    कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    Screenshot_20250410_133542_Chrome.jpgScreenshot_20250410_133553_Chrome.jpg

    प्रकाशित मिति :चैत्र २८, २०८१ बिहिवार - १३:४०:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको