शुक्रवार, भाद्र २६ गते २०८३

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

रोदिक खबर

२९, चैत्र २०८१
  • 4.2K
    SHARES
  • दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं २९चैत्र । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएकाे छ ।

    प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो ।

    सोही प्रदर्शनमा यसअघि पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।

    उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि प्रहरीले समय समय मागेको हो । भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

    प्रकाशित मिति :चैत्र २९, २०८१ शुक्रवार - १६:०७:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको