शुक्रवार, भाद्र २६ गते २०८३

करेन्ट लागेर खोटाङमा एक जनाको मृत्यु

करेन्ट लागेर खोटाङमा एक जनाको मृत्यु

रोदिक खबर

४, बैशाख २०८२
  • 2.9K
    SHARES
  • करेन्ट लागेर खोटाङमा एक जनाको मृत्यु

    सांकेतिक तस्विर 

    खोटाङ । खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडा नास्तुमका ५५ वर्षीय गंगा प्रसाद ढकालको करेन्ट लागेर मृत्यु भएको हो।

    बिहीबार दिउँसो अन्दाजी २ बजे घर नजिकै बिजुलीको पोल छेउमा रहेको अवस्थामा करेण्ट लाग्दा ढकालको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    यसअघि ढकालको पानीसँगै परेको चट्याङ लागेर मृत्यु भएको भनेर स्थानीयबाट खबर आएपनि घट्नास्थल पुगेर अनुसन्धान गर्दा विधुतीय करेन्ट लागेर मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।  

    विद्युतको पोलको पीन इन्सुलेटरमा चट्याङले हान्दा पीन इन्सुलेटर फुटेर करेन्ट पास भएर करेन्ट लागेको विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ईन्जिनियर सोबित बहादुर क्षेत्रीले बताए।

    प्रकाशित मिति :बैशाख ४, २०८२ बिहिवार - १७:०२:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको