बाहिनीपति ट्रफीमा रणभीम गण मुडे ब्यारेकको विजयी यात्रा

बाहिनीपति ट्रफीमा रणभीम गण मुडे ब्यारेकको विजयी यात्रा

रोदिक खबर

५, बैशाख २०८२
  • 3.1K
    SHARES
  • बाहिनीपति ट्रफीमा रणभीम गण मुडे ब्यारेकको विजयी यात्रा

    खोटाङ । बाहिनीपति ट्रफीमा रणभीम गण मुडे ब्यारेक खोटाङले तीनवटा प्रतियोगितामा जित निकालेको छ।

    रणभीम गण मुडे, दुर्गाबक्स गण ओखलढुङ्गा र पशुपति प्रसाद गण उदयपुरबीच शुक्रबारदेखि सुरु भएको विभिन्न प्रतियोगितामध्ये बास्केट बल, भलिबल र फुटबल प्रतियोगितामा रणभीम गणले जित निकालेको हो।

    रणभीम गण मुडेमा आज भएको पुरुष बास्केट बल प्रतियोगितामा रणभीम गणले पशुपति प्रसाद गण उदयपुरलाई २६–६९ स्कोरले पराजित गर्यो।

    दुर्गाबक्स गण ओखलढुंगामा भएको पुरुष भलिबल प्रतियोगितामा रणभीम गणले पशुपति प्रसाद गण उदयपुरलाई २–१ को सेटले हराएको छ।

    यस्तै, उदयपुरको नम्बर १८ बाहिनीमा भएको पुरुष फुटबल प्रतियोगितामा १ गोल गर्दै रणभीम गणले दुर्गाबक्स गण ओखलढुंगामाथि शानदार जित निकालेको छ।

    बाहिनीपति ट्रफी अन्तर्गत नै बैशाख ६ गते रणभीम गण मुडेमा तेक्वान्दो र जुडो प्रतियोगिता हुनेछ।

    प्रतियोगितामा विजयी हुने टिमले पृतनापति ट्रफीमा प्रतिस्पर्धा गर्न पाउनेछन्।

    प्रकाशित मिति :बैशाख ५, २०८२ शुक्रवार - १९:३९:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको