खोटाङ । दोश्रो बृहत खोटाङ हलेसी खेलकुद,साहित्यिक तथा पर्यटन महोत्सव २०८२ बैशाख २७ देखि जेठ ४ गतेसम्म हुने भएको छ।
यसअघि बैशाख १५ गतेदेखि २० गतेसम्म सञ्चालन गरिने भनिएको महोत्सव बैशाख २७ गतेदेखि जेठ ४ गतेसम्म गर्नेगरी मिति सारिएको हो।
केही प्राविधिक समस्या र सामुदायिक विद्यालयका शिक्षक आन्दोलनलाई मध्यनजर गरेर मिति सार्नुपरेको मंगलबार नेपाल पत्रकार महासंघ शाखा खोटाङको कार्यालय दिक्तेलमा पत्रकार सम्मेलन गरेर आयोजक नेपाल खेलकुद प्रतिष्ठानले जानकारी दिएको छ।
बुद्धिचालमा वेस्ट महिला, वेस्ट भेट्रान्स र वेस्ट अनरेटेडले जनही ३ हजार, वेस्ट सिक्सटीनले २ हजार ५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
जिल्ला समन्वय समितिको सभाहलमा बुद्धिचाल तथा माटिकोरे कबर्डहलमा टेबलटेनिस प्रतियोगिता हुनेछ ।
जिल्लाका दश स्थानीय तह र शुभेच्छुकहरुको सहयोगमा महोत्सव गर्न लागिएको हो। महोत्सवका लागि ३९ लाख ५५ हजार ८७ रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।