बराहपोखरी गाउँ पालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, ६७ वटा योजना सम्झौता, ४१ वटा सम्पन्न

बराहपोखरी गाउँ पालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, ६७ वटा योजना सम्झौता, ४१ वटा सम्पन्न

रोदिक खबर

२६, बैशाख २०८२
  • 3.5K
    SHARES
  • बराहपोखरी गाउँ पालिकाको सार्वजनिक सुनुवाई सम्पन्न,  ६७ वटा योजना सम्झौता, ४१ वटा सम्पन्न

    खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकामा ६७ वटा योजना सम्झौता गरिएकोमा ४१ वटा योजना सम्पन्न भएको छ । बैशाख २५ गते सार्वजनिक सुनुवाई गर्दै बराहपोखरी गाउँपालिकाले सम्झौता गरिएकोमध्ये २६ वटा योजना सम्पन्न हुन बाँकी रहेको जानकारी दिएको छ ।

    गाउँपालिकाका लेखा अधिकृत छत्रबहादुर बानियाँका अनुसार आर्थिक २०८१÷०८२ मा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १८ वटा योजना सम्झौता गरिएकोमा ८ वटा योजना सम्पन्न भइसकेको छ ।

    IMG-20250509-WA0001.jpgयस्तै, बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा १० वटा योजना सम्झौता गरिएकोमा ८ वटा सम्पन्न, बराहपोखरी गाउँपालिका–३ साउनेचौंरमा ११ वटा योजना सम्झौता गरिएकोमा ७ वटा योजना सम्पन्न भएको छ ।

    बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा १२ योजना सम्झौता भएकोमा ८ वटा, बराहपोखरी गाउँपालिका–५ पौवासेरामा ८ योजना सम्झौता गरिएकोमा ४ वटा र बराहपोखरी गाउँपालिका–६ मौवाबोटेमा ८ योजना सम्झौता गरिएकोमा ६ योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

    कुल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च बराहपोखरी गाउँपालिकाले चालु आर्थिक वर्षको कुल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च गरेको छ ।

    चालुतर्फ ६३.६४ र पुँजीगततर्फ ४७.९४ प्रतिशत बजेट खर्च गरेको हो । चालु आर्थिक वर्ष गाउँपालिकाको बजेट ३२ करोड ९२ लाख ३५ हजार छ ।

    संघीय समानीकरणतर्फ ५ करोड ४६ लाख ७० हजारमध्ये हालसम्म ४ करोड ४५ लाख ७५ हजार खर्च भएको छ ।

    शसर्त अनुदानतर्फ १३ करोड ३८ लाख ४९ हजार प्रक्षेपण गरिएकोमा १० करोड ४ लाख ४ हजार आम्दानी हुँदा ९ करोड २० लाख ९५ हजार खर्च भएको छ ।

    यस्तै, सशर्त आइडीश्रोततर्फ ४४ लाख ७६ हजारमध्ये ३३ लाख १३ हजार आम्दानी हुँदा १२ लाख ९९ हजार खर्च भएको छ ।

    बैदेसिक श्रोत अनुदानर्फ ४३ लाखमध्ये ३२ लाख २५ हजार आम्दानी भएको र २४ लाख ३३ हजार खर्च भएको, एसएसबी अनुदानतर्फ ५७ लाखमध्ये ४२ लाख ७५ हजार आम्दानी हुँदा २२ लाख ६७ हजार खर्च भएको छ ।

    यस्तै, नेपाल सरकार सशर्त अनुदान पुँजीगततर्फ १४ लाख ५२ हजारमध्ये ७ लाख ३२ हजार आम्दानी हुँदा ३ लाख ८८ हजार, संघीय सशर्त अनुदान आन्तरिक ऋणतर्फ १ करोड ४९ लाखमध्ये १ करोड २ लाख २५ हजार आम्दानी र २८ लाख ११ हजार खर्च भएको छ ।

    संघीय सरकार बैदेसिक अनुदान स्वीजरल्याण्ड एसडिसीतर्फ २२ लाखमध्ये ११ लाख आम्दानी र ७ लाख ८६ हजार खर्च, समपुरक अनुदानतर्फ १ करोड ५० लाखमध्ये १ करोड १२ लाख ५० हजार आम्दानी हुँदा सबै खर्च भएको छ ।

    यस्तै, प्रदेश सरकारको समानीकरणतर्फ ४४ लाख ५४ हजारमध्ये ३३ लाख ४० हजार आम्दानी हुँदा २६ लाख ९१ हजार, सशर्त अनुदानतर्फ ३२ लाख ३२ हजारमध्ये २२ लाख २४ हजार आम्दानी हुँदा १० लाख ३६ हजार, सशर्ततर्फ १ करोड ११ लाख ४१ हजारमध्ये ४९ लाख ८० हजार आम्दानी भएको र ३२ लाख ८५ हजार खर्च भएको छ ।

    प्रदेश समपुरकतर्फ ९४ लाखमध्ये ७० लाख ५० हजार आम्दानी भएको र सबै खर्च भएको, संघीय राजस्व बाँडफाँडतर्फ ७ करोड ८६ लाखमध्ये ४ करोड ८३ लाख, ५४ हजार आम्दानी हुँदा ४ करोड ४६ लाख ५५ हजार खर्च भएको, प्रदेश राजस्व बाँडफाँडतर्फ ३१ लाख ९३ हजारमध्ये २१ लाख १२ हजार आम्दानी हुँदा १८ लाख ५८ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाको प्रांगणमा भएको कार्यक्रममा ईश्वर बन्जारा, कौशल श्रेष्ठ, राजेश बन्जारा, नन्दिकिशोर बन्जारा, निश्चल खड्का, मिना फुयाल, सुवासचन्द्र राई, खेमराज मगर, रुद्र बिष्ट, फणिराज तिम्सिना, बिर्सीका राई, दिनेश तामाङ, सागर किराती, बद्री राउत, कविराज खड्का, भुबल राई, बिनोद बुढाथोकी, दिर्घ मगर, जानुक बिक, शिवकुमार श्रेष्ठ, अगम परियार, रामधन बिक र गणेश बिकले गाउँपालिकाबाट सम्पादित योजनामाथि प्रश्न उठाएका थिए ।

    जवाफदेही वक्ताका रुपमा गाउँपालिका अध्यक्ष शालिकराम बन्जारा, उपाध्यक्ष भुवलराज राई, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारी लगायतले प्रश्नकर्ताको जवाफ दिएका थिए ।

    प्रकाशित मिति :बैशाख २६, २०८२ शुक्रवार - ०६:३४:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको