शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पत्रकार भट्टराई नगद ११ हजार सहित सम्मानित

पत्रकार भट्टराई नगद ११ हजार सहित सम्मानित

रोदिक खबर

२७, बैशाख २०८२
  • 3.6K
    SHARES
  • पत्रकार भट्टराई नगद ११ हजार सहित सम्मानित

    खोटाङ । खोटाङका पत्रकार राजकुमार भट्टराई सम्मानित भएका छन् । निष्पक्ष एवं स्वतन्त्र पत्रकारिताको माध्यमबाट समग्र खेलकुद तथा सामाजिक क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल खेलकुद प्रतिष्ठान, खोटाङले पत्रकार भट्टराईलाई सम्मान गरेको हो ।

    प्रतिष्ठानले पत्रकार भट्टराईलाई दोश्रो बृहत हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव उद्घाटनको अवसरमा बैसाख २७ गते नगद ११ हजार सहित सम्मान गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले पत्रकार मट्टराईलाई दोसल्ला ओढाएर नगद र सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।

    नेपाल पत्रकार महासंघ शाखा खोटाङका सचिव भट्टराई भ्युज अफ नेपाल, गोरखापत्र दैनिकको सम्वाददाता र रुपाकोट खबर डटकमका सञ्चालक पनि हुन् ।

    प्रकाशित मिति :बैशाख २७, २०८२ शनिवार - १६:५८:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको