• ट्रेण्डिङ:

महानगरीय प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

महानगरीय प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

रोदिक खबर

४, आश्विन २०७७
  • 3.6K
    SHARES
  • महानगरीय प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

    महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ ।

    वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।

    एकै पटक धेरै प्रहरी सङ्क्रमित भएपछि वृत्तमा मुद्दा फाँटको मात्रै काम भइरहेको जानकारी दिँदै उहाँले कोरोना सङ्क्रमण नदेखिएका प्रहरीलाई मोबाइल गस्तीमा पठाइएको र केही प्रहरीमात्रै कार्यालयमा कार्यरत हुँदा काम प्रभावित बनेको बताए । 

    अत्याश्यक बाहेक थिमि प्रहरी वृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको बताउँदै वृत्तका प्रमुख कँडेलले सङ्क्रमित प्रहरीलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा र दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको जानकारी दिए ।

    प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - २०:३२:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको