शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङ हलेसी सेवा समाजको अध्यक्षमा पुनः इन्दा थापा चयन

खोटाङ हलेसी सेवा समाजको अध्यक्षमा पुनः इन्दा थापा चयन

रोदिक खबर

२८, बैशाख २०८२
  • 3.2K
    SHARES
  • खोटाङ हलेसी सेवा समाजको अध्यक्षमा पुनः इन्दा थापा चयन

    खोटाङ । खोटाङ हलेसी सेवा समाजको आठौं साधारण सभाबाट इन्दा थापा अध्यक्षमा चयन भएकी छन् । काठमाडौं खहरे चोकस्थित सान बैंकुटमा शनिबार सम्पन्न आठौं साधारण सभाले थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको हो । थापा दोश्रो कार्यकालका लागि पुःन सर्वसहमत अध्यक्षमा चयन भएकी हुन् ।

    दुई वर्षे कार्यकालको लागि चयन भएको कार्य समितिको प्रथम उपाध्यक्षमा अर्जुन गैरापिप्ली, द्धितीय उपाध्यक्षमा पर्शुराम कटुवाल, तृतीय उपाध्यक्षमा रामजी कटुवाल, महासचिवमा सुरेन्द्र कटुवाल, सचिवमा कुमारबाबु वस्नेत, कोषाध्यक्षमा सुब्बा कटुवाल र सहकोषाध्यक्षमा प्रेम केसी चयन भएका छन् ।

    यसैगरी, सदस्यहरुमा काजी खड्का, प्रकाश राजभण्डारी, लक्ष्मीप्रसाद गिरी, सिता कार्की, अन्जना थापा, दिपक पौडेल र पदम बन्जरालाई चयन गरिएको समाजका सचिव कुमारबाबु वस्नेतले जानकारी दिए ।

    कार्यक्रम कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री माननीय भुपेन्द्र राईको प्रमुख आतिथ्यता एवं ॐ अस्पतालका संरक्षक एवं बरिष्ठ स्त्री रोग विशेषज्ञ डा.भोला रिजालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

    k.jpgयस्तै, साधारण सभामा खोटाङ–हलेसी सेवा समाजले स्थापना गरेको अक्षय कोषमा आर्थिक सहयोग गर्ने सहयोगदाता र खोटाङ जिल्लाबाट एमबीबीए अध्ययन गरी चिकित्सक सेवामा कार्यरत करिब दुई दर्जन चिकित्सकहरुलाई सम्मान गरेको समाजले जनाएको छ । खोटाङ हलेसी सेवा समाज खोटाङबाट काठमाडौँ बसोवास गरिरहेका खोटाङेहरुको सामाजिक संस्था हो ।

    kk.jpg

    प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - २१:०२:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको