हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक ग¥यो तीनवर्षे उपलब्धि

हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक ग¥यो तीनवर्षे उपलब्धि

रोदिक खबर

६, जेठ २०८२
  • 2.3K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक ग¥यो तीनवर्षे उपलब्धि

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दोश्रो कार्यकालको तीन वर्षे मुख्य उपलब्धिहरु सार्वजनिक गरेको छ । दोश्रो कार्यकालको सपथ खाएको तीन वर्ष पुगेको उपलक्ष्यमा मंगलवार दुर्छिमस्थित होलेसुङ रिसोर्टमा कार्यक्रम गरेर तीन वर्षे मुख्य उपलब्धिहरु सार्वजनिक गरेको हो ।२०७९ को स्थानीय तहको निर्वाचनपछि हलेसी तुवाचुङ नगरपालिकाको नगरप्रमुखमा बिमला राई र उपप्रमुखमा रमेश कुमार राउत कांग्रेसबाट निर्वाचित भएका थिए ।

    निर्वाचितपछि जेठ ६ गते शपथ खाई कार्यभार सम्हालेका राई र राउतको टीमले तीन वर्षभित्र ९२ किलोमिटर बढी नयाँ सडक निर्माण, पाँच सय १२ किलोमिटर बढी सडक स्तरोन्नति, दुई हजार पाँच सय मिटर सडक ढलान, १८ किलोमिटर बढी सडकको नाली निर्माण, एक हजार एक सय ८३ मिटर बढी सडक सोलिङ, सडक सुरक्षाका लागि चार सय ८६ घनमिटर ग्याबिन वाल र दुई सय ३१ घनमिटर सुख्खा वाल लगाएको छ ।

    खानेपानी तथा सिंचाई आयोजनाहरुमा लोचा खानेपानी आयोजनाबाट एक हजार सात सय घरधुरी, सहरबोटे खानेपानी आयोजनाबाट एक हजार, रातमाटे चलाखु लिफ्ट खानेपानी आयोजनाबाट आठ सय ५०, बलुमबारी लिफ्ट आयोजनाबाट नौ सय, डिकुवा लिफ्ट आयोजनाबाट आठ सय, महादेवबेशी सोलार लिफ्ट आयोजनाबाट एक हजार घरधुरी लाभान्वित भएको सार्वजनिक गरिएको छ ।

    जुकेखोला लिफ्टिङ खानेपानी आयोजनाबाट एक सय ६०, घोपाटार माझीगाउँ खानेपानी आयोजनाबाट ५५, दूधकोशी हात्तीटार लिफ्ट सिंचाई योजनाबाट १५, टिमुरे लिफ्ट सिंचाई योजनाबाट १२, कुर्ले रुपाटार सिंचाई आयोजनाबाट सात सय र २१ वटा सिंचाई योजना तथा कूलो निर्माण गर्दा चार रय ३० घरधुरी लाभान्वित भएका छन् । २८.२ किलोमिटर पाइप लाइन विस्तार गरिएको छ ।

    दुई जनालाई डेरी तथा बेकरी उद्योेग सञ्चालनमा सहयोग गरिएको, कपास खेतीबाट कपास प्रशोधन गरी धागो उत्पादन तथा दुना टपरी उद्योगबाट ५५ जना लाभान्वित भएका छन् ।

    एक करोडको एक सय वटा उन्नत जातको भैसी वितरण, बदाम उत्पादन प्रोत्साहन कार्यक्रम अन्तर्गत ५ मुरीभन्दा बढी बदाम फलाउने तीन सय ४० घरधुरीका कृषकलाई १७ लाख अनुदान वितरण, ४० जना कृषक तथा कृषक समूहलाई लागत साझेदारीमा कृषि औजार वितरण, कृषि पशुपंक्षीसँग सम्बन्धित लघुउद्यमीलाई ऋणको व्याज अनुदान कार्यक्र सञ्चालन, एक टोल एक उत्पादन कार्यक्रम अन्तर्गत ९५ घरधुरी लाभान्वित भएको, ५९ वटा कुटानी पिसानी विधुतीय मिल वितरण र दुई सय जना महिला उद्यमीहरुलाई विद्युतीय चुलो वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    कृषि पोखरी अन्तर्गत दुई सय ३० वटा रिचार्ज पोखरी निर्माण गरिएको छ । तीन वर्षमा २६ वटा पक्की विद्यालय भवन निर्माण गरिएको छ भने २८ वटा विद्यालय भवन मर्मत गरिएको छ । नगर अस्पताल दुर्छिमबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिदै आएको छ । नगरभित्र २६ वटा धार्मिकस्थलहरुको निर्माण तथा सम्वद्र्धन गरिएको, हलेसी धर्मशाला निर्माण अन्तिम चरणमा पुगेको तथा बडहरे, धितुङ, सल्ले र अर्खौलेमा व्यवस्थित पार्क निर्माण गरिएको छ ।

    आफ्नै प्रशासनिक भवन निर्माणको तयारीमा जुटेको नगरपालिकामा सल्ले र राजापानीको वडा कार्यालय भवन निर्माणधिन अवस्था रहेको छ । दुर्छिमको वडा कार्यालय भवन निर्माण हुन बाँकी रहेको र अन्य सम्पूर्ण वडाहरुको भवन निर्माण भईसकेको नगरपालिकाले जनाएको छ ।

    महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा कम बेरुजु ल्याउनेमा जिल्ला प्रथम, कोशी प्रदेशमा तेश्रो र देशभरमा १० औं स्थानमा आएको छ ।
    नगरपालिकाको तीन वर्षे उपलब्धि सार्वजनिक कार्यक्रमको उद्घाटन जिल्ला न्यायाधीश नारायण प्रसाद दाहालले गरेका थिए ।

    प्रकाशित मिति :जेठ ६, २०८२ मंगलवार - २२:३७:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको