शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सखुवाको अवैध काठसहित चार जना पक्राउ

सखुवाको अवैध काठसहित चार जना पक्राउ

रोदिक खबर

४, आश्विन २०७७
  • 2.2K
    SHARES
  • सखुवाको अवैध काठसहित चार जना पक्राउ

    उदयपुर प्रहरीले अवैध सखुवाको काठसहित चार जनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका २ जोगीदहस्थित कङ सामुदायिक वन उपभोक्ता समूहबाट सखुवाको चिरान काठ ४ थान फालासहित उनीहरुलाई शनिबार दिउँसो प्रहरी चौकी जोगीदहबाट खटेको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।  

    जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका २ का ५० वर्षीय कल्सु चौधरी, सोही ठाउँका २८ वर्षीय अविर चौधरी, २६ वर्षीय सुरज थापा र २६ वर्षकै पवन खत्री रहेका छन् ।   सामुदायिक वन समूहको जंगलबाट केही व्यक्तिले अवैध काठ चोरी गर्दै काठ काट्ने गरेको भन्ने सूचनाका आधारमा टोली खटाई काठसहित उनीरुलाई नियन्त्रणमा लिइएको हो।  

    पक्राउ व्यक्तिहरुबाट प्रहरीले भर्खर चिरान गरेको ४ क्युविक फिट काठ बरामद भएको छ। उनीहरुलाई जिल्ला प्रहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धानपश्चात कारबाहीका लागि डिभिजन वन कार्यालय गाईघाटको जिम्मा दिइएको छ। प्रहरीले जिल्लाको प्राकृतिक स्रोत साधनको सुरक्षा गर्दै अवैधानिक दोहन, उत्खनन र बिक्री वितरणमा रोक लगाउने अभियान चलाउने क्रममा उनीहरु पक्राउ परेको जनाएको छ।

    प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - २१:०५:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको