हलेसी तुवाचुङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका

हलेसी तुवाचुङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका

रोदिक खबर

१६, आषाढ २०८२
  • 3.1K
    SHARES
  • हलेसी तुवाचुङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा जन्मेदेखि १५ महिनामूनिका ३३७ जना बालबालिकाले हालसम्मको र १६ महिनादेखि ५९ महिनासम्मका ११८४ जना बालबालिकाले १४ प्रकारका रोगविरुद्धको नियमति खोप लगाएको सुनिश्चित भएपछि सोमबार हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो ।

    Screenshot_20250630_161445_Gallery.jpgपूर्ण खोप सुनिश्चिता नगरपालिका घोषणासँगै जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र नगरपालिकाका नगरप्रमुख विमला राईलाई हस्तान्तरण गरेका छन् ।

     

    Screenshot_20250630_161516_Gallery.jpgजिल्ला समन्वय समितिका प्रमुख राईको प्रमुख आतिथ्यता एवम् नगर प्रमुख राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत,  प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, रणभीम गणका गणपति केदार प्रसाद लामिछाने, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट, सशस्त्रका प्रनाउ दिपेन्द्र थापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरी, प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईको उपस्थित रहेको थियोे ।

    यस्तै, नगरभित्रका वडाध्यक्षहरु, नेपाल पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, नगरस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, दिक्तेल नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्य लगायतको उपस्थिति रहेको स्वास्थ्य शाखा प्रमुख दिपक थापाले जानकारी दिए ।

    १० स्थानीय तह रहेको जिल्लामा यसअघि नौ वटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिसकिएको छ ।

    हलेसी तुवाचुङ नगरपालिकालाई सोमबार घोषणा गरिएसँगै जिल्लामा सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरि सकेको छ ।

    जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएसंगै कोशी प्रदेशका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यतामा असार २२ गते जिल्ला घोषणा गर्ने तयारी गरिएको खोप समन्वय समितिका संयोजक राईले जानकारी दिए ।

    नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

    खोप कार्यक्रमबाट कोही बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नेपाल सरकारले खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याएको हो ।

    प्रकाशित मिति :आषाढ १६, २०८२ सोमवार - १६:२६:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको