शुक्रवार, भाद्र २६ गते २०८३

जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नतीको शुभारम्भ

जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नतीको शुभारम्भ

रोदिक खबर

२२, आषाढ २०८२
  • 3.9K
    SHARES
  • जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नतीको शुभारम्भ

    खोटाङ । जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नतीको शुभारम्भ गरिएको छ । कोशी प्रदेश सरकारको गत जेठ १२ गतेको निर्णय अनुसार १५ शैयाको अस्पताललाई ५० शैयामा स्तरोन्नतीको शुभारम्भ गरिएको हो ।

    असार २२ गते जिल्ला अस्पतालको परिषरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एबं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले स्तरोन्नतीको शुभारम्भ गरेका हुन् ।

    Screenshot_20250707_064821_Chrome.jpg२०४८ सालमा स्थापना गरिएको १५ बेडको अस्पताललाई तीन दशकपछि मात्रै ५० बेडको बनाउने कार्य शुभारम्भ गरिएको हो । तामझामका साथ आयोजना गरिएको कार्यक्रमसँगै जिल्ला अस्पतालमा ५० शैयाको सेवा विस्तारको शुभारम्भ भएको छ ।

    कार्यक्रममा मन्त्रालयकातर्फबाट मन्त्री राईले जिल्ला अस्पताललाई करिब २८ लाख पर्ने इको डप्लर सहितको यूएसजी मेसिन, औषधिजन्य सामग्री हस्तान्तरण गरेका छन् ।

    Screenshot_20250706_164418_Gallery.jpgजिल्ला अस्पतालमा क्रमशः विशेषज्ञ चिकित्सक, आवश्यक उपकरणको व्यवस्था हुने जिल्ला अस्पताल खोटाङका मेसु डा. रुपेश संग्रौलाले बताए ।

    पहाडी जिल्ला खोटाङ प्रदेशका १४ मध्ये विकटमा पर्ने जिल्ला हो । खोटाङलाई अस्पताल पुग्नका लागि ‘सिरानीमा तीनदेखि चार लाख राख्नुपर्ने’ जिल्लाको रुपमा चिन्ने गरिन्छ ।

    प्राथमिकस्तरबाहेक ठूलो सामान्य रोगको उपचार सेवा लिन जिल्लावासी धरान, विराटनगर र काठमाडौं जानुपर्ने बाध्यता छ ।

    जटिल खालको उपचार र आकस्मिक घट्नामा पर्दा त महँगो खर्चमा हेलिकोप्टर चार्टर नगरी खोटाङवासीलाई सुखै छैन । ५० शैयामा स्तरोन्नतिको उद्घाटन भएसँगै त्यो बाध्यता कम हुने अपेक्षाले खोटाङवासी हर्षित भएका छन् ।

    मन्त्रालयका सचिव डा.राधिका थपलियाका अनुसार अब अस्पतालमा यसअघि आठौँ तहका डाक्टरसहित ३० जनाको दरबन्दी बढेर ११ औँ तहका विशेषज्ञ डाक्टरसहित ५० जना दरबन्दी स्वीकृत भएको छ ।

    नयाँ व्यवस्था अनुसार ११ औँ तहका कार्यालय प्रमुख (मेसु)को कमाण्डमा विभिन्न ८ जना विशेषज्ञ डाक्टरले अस्पतालमा सेवा दिनेछन् । प्रदेश स्वास्थ्य मन्त्रालयले तत्कालै स्वीकृत दरबन्दी अनुसार चिकित्सक अस्पतालमा खटाइने जनाइएको छ ।

    सबै कामको लागि बजेटको व्यवस्था गरि सकिएकोले आगामी आर्थिक वर्ष सुरु भएपछि खोटाङवासीलाई पर्याप्त स्वास्थ्य सेवा प्रदान गर्ने गरी जनशक्ति र भौतिक उपकरणको व्यवस्था गरिने प्रदेश प्रदेश सचिव थपलियाले बताइन् ।

    कार्यक्रम ५० शैयाको भवन उद्घाटन नभै ५० शैयाको सेवा विस्तारको शुभारम्भ गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।

    जिल्ला अस्पतालको ५० शैयाको भवन निर्माणको काम भने वर्षदिन अघिदेखि अलपत्र परिहेको छ । भवन निर्माणमा निर्माण कम्पनी श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभी काठमाडौंको चरम ढिलासुस्ती देखिएको छ ।

    सो भवन निर्माणको काम सम्पन्न भएपछि मात्रै अस्पतालको ५० शैयाको सेवा सुविधा प्रवाहले सार्थकता पाउनेछन् । अस्पताललाई स्तरोन्नति गर्न पटकपटक जिल्लावासीले माग गर्दै आएका थिए ।

    जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षता तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिका बिमला राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राई, स्वास्थ्य सचिव थपलिया, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का वडाध्यक्ष नबराज राई, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईं, जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रूपेश संग्राैला लगायतले शुभकामना राखेका थिए ।

    प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - २०:३८:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको