माटिकोरेमा स्थापना गरिएको नागेश्वर मन्दिरको उद्घाटन

माटिकोरेमा स्थापना गरिएको नागेश्वर मन्दिरको उद्घाटन

रोदिक खबर

१३, श्रावण २०८२
  • 7.0K
    SHARES
  • माटिकोरेमा स्थापना गरिएको नागेश्वर मन्दिरको उद्घाटन

    खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ माटिकोरेमा स्थापना गरिएको नागेश्वर मन्दिरको उद्घाटन गरिएको छ ।

    दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दुई लाख ८० हजार तथा स्थानीयको गरि पाँच लाखको लागतमा निर्माण गरिएको मन्दिर मंगलवार उद्घाटन गरिएको हो ।

    नाग पञ्चमीकाे अवसरमा मन्दिरको उद्घाटन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज राईले गरेका हुन् ।

    स्थानीय रामबहादुर दाहालले दुई आना दुई दाम जग्गा निशुल्क उपलब्ध गराएपछि नगरपालिका र स्थानीयबाट संकलन गरिएको रकमबाट मन्दिर निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण दाहालले जानकारी दिए ।

    नवनिर्मित मन्दिर नजिकै पानीको मुहान रहेको र त्यहाँका स्थानीयले परापूर्व कालदेखि नै नागको पूजा गर्दै आएकोले सोही स्थानमा मन्दिर निर्माण गरिएको स्थानीय बलराम दाहालले बताए । मन्दिरमा राखिएको नागको मूर्ति लेेेख बहादुर विश्वकर्माले बनाएका हुन् ।

    मन्दिर उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष दिलीप  खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्यपालिका सदस्य मिना कार्की,  चम्पावति मावि विजयखर्क प्राधानाध्यापक जेनि राई, महिला नेतृ पूर्णकला तामाङ लगायतको उपस्थिति रहेको थियो ।

     

    प्रकाशित मिति :श्रावण १३, २०८२ मंगलवार - १३:४३:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको