शुक्रवार, भाद्र २६ गते २०८३

सुनसरीमा बस र माइक्रो ठोक्किदाँ चार जनाको मृत्यु, १५ जना घाइते

सुनसरीमा बस र माइक्रो ठोक्किदाँ चार जनाको मृत्यु, १५ जना घाइते

रोदिक खबर

२६, श्रावण २०८२
  • 2.7K
    SHARES
  • सुनसरीमा बस र माइक्रो ठोक्किदाँ चार जनाको मृत्यु, १५ जना घाइते

    खोटाङ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

    काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

    खतिवडाका अनुसार निधन हुनेको पहिचान हुन सकेको छैन । घाइतेहरुको गोल्डेन अस्पताल विराटनगर १० जना, विराट टिचिङमा १ जना बाकीको न्युरो अस्पताल र नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

    प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

    प्रकाशित मिति :श्रावण २६, २०८२ सोमवार - १०:५४:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको