शुक्रवार, भाद्र २६ गते २०८३

कालिका भगवती तथा मझुवागढीमा बेलुका सात बजेपछि प्रवेश निषेध

कालिका भगवती तथा मझुवागढीमा बेलुका सात बजेपछि प्रवेश निषेध

रोदिक खबर

१, भाद्र २०८२
  • 4.6K
    SHARES
  • कालिका भगवती तथा मझुवागढीमा बेलुका सात बजेपछि प्रवेश निषेध

    खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती तथा मझुवागढीमा बेलुका ७ बजेपछि प्रवेश निषेध गरिएको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सौन्दर्यकरण गरेर झिलीमिली बत्तीसहित विभिन्न संरचना तयार गरेपछि राती अबेरसम्म मानिसहरुको आवतजावत हुँदा भिडभाड भएको तथा होहल्ला भएको भन्दै भदौ १ गतेबाट उक्त क्षेत्रमा प्रवेष निषेध गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

    राती मानिसहरुको भिडभाड हुने गरेको, होहल्ला भएको गुनासो आएको र शान्ति सुरक्षाको दृष्टिकोणले आवतजावतका लागि निश्चित समय निर्धारण गर्नुपर्ने राय सुझावपछि हाटडाँडामा रहेको मुख्य प्रवेशद्धारबाट कालिका भगवती तथा मझुवागढी क्षेत्रमा बेलुका ७ बजेपछि प्रवेश निषेध गरिएको प्रवक्ता घिमिरेको भनाई छ।

    यदि कोही व्यक्ति सो समयभन्दा अगाडी नै प्रवेश गरेको भए राती ८ बजेसम्म प्रवेशद्धार भन्दा बाहिर निस्कनु पर्ने र बेलुका ९ बजे पछाडी सम्पूर्ण बत्तीहरु बन्द गरिने सूचनामा जनाईएको छ।

    प्रकाशित मिति :भाद्र १, २०८२ आइतवार - १७:५६:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको