खोटाङ । नजिकिदै गरेको नेपाली महिलाहरूको महान चाड हरितालिका (तीज) को अवसरमा दिक्तेलमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम गरिएको छ ।
दाहाल प्रतिष्ठान शाखा खोटाङ महिला विभागको आयोजनामा बुधबार शुभकामना आदान प्रदान, सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै दर खाने कार्यक्रम गरिएको दाहाल प्रतिष्ठान शाखा खोटाङकी सदस्य तथा तीज विशेष कार्यक्रम आयोजक समिति संयाेजक रविना सुवेदी (दाहाल) ले जानकारी दिईन ।
तीज विशेष कार्यक्रम संयाेजक दाहालका अनुसार यस्ता कार्यक्रमले आफ्नो धर्म, संस्कार संस्कृतिको जगेर्ना र आपसी सद्भाव कायम राख्न सहयोग पुग्ने भएकोले कार्यक्रमको आयोजना गरिएको बताइन।
दाहाल प्रतिष्ठान शाखा समिति खोटाङका अध्यक्ष मीनकुमार दाहालको प्रमुख आतिथ्यतामा भएको तीज विशेष कार्यक्रममा दाहाल प्रतिष्ठानकी पूर्व केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति खोटाङकी पूर्व उपप्रमुख गोमादेवि दाहाल, दाहाल प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप दाहाल, दाहाल प्रतिष्ठान शाखा खोटाङका पूर्व अध्यक्ष भक्त बहादुर दाहाल, दाहाल प्रतिष्ठान शाखा खोटाङका सल्लाहकार तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष हर्कबहादुर दाहाल, दाहाल प्रतिष्ठान शाखा खोटाङका काेषाध्यक्ष मित्र बहादुर दाहाल लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा करिब डेढ सय महिलाहरुको उपस्थिति रहेको जनाईएको छ ।