हलेसी तथा रावावेशीमा स्वास्थ्य सामाग्री र औषधि प्रदान

हलेसी तथा रावावेशीमा स्वास्थ्य सामाग्री र औषधि प्रदान

रोदिक खबर

१३, भाद्र २०८२
  • 3.7K
    SHARES
  • हलेसी तथा रावावेशीमा स्वास्थ्य सामाग्री र औषधि प्रदान

    खोटाङ, १३ भदौ । कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खोटाङको रावा बेसी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारलाई विभिन्न स्वास्थ्य सामाग्री र औषधि प्रदान गरेको छ ।

    रावा बेसी गाउँपालिकाको माग अनुसार स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले इसीजी मेसीन १ थान, पल्स अक्सिमिटर २ थान, अक्सिजन कन्सन्ट्रेटर १० लिटरको २ थान, पेरिलाईट १ थान, डेलिभरी सेट १ थान गरी ३ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

    यस्तै, मंगलटार स्वास्थ्य चौकीलाई एम्लोडिपिन, पेन्टपप्राजोल, सेफिक्जिम, लोसार्टन, साल्बीयुटामोल, एजिथ्रोमाइसिन, क्लोक्सासिलिन, प्यारासिटामोल लगायतका ६५ हजार बराबरको औषधि प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

    रावा बेसी गाउँपालिकालाई स्वास्थ्य मन्त्री भूपेन्द्र राईका प्रमुख स्वकीय इन्दिरा दाहाल र स्वकीय अनिता राईले पालिकामै पुगेर हस्तान्तरण गरेका छन् । मंगलटार स्वास्थ्य चौकीको लागि औषधि गाडीमार्फत पठाइएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना प्रविधि सन्ताेष राईले बताए ।

    आज (शुक्रबार ) साकेला गाउँपालिकालाई वितरण गर्ने जनाएको छ । केही समय अघि जिल्लाका अन्य स्थानीय तह जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकालाई पनि सोही प्रकारको स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १३, २०८२ शुक्रवार - ०९:४७:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको