• ट्रेण्डिङ:

पाथीभरा मातालाई सम्झदै हेर्नुहोस् २०७७ साल असोज ६ गतेको राशिफल

पाथीभरा मातालाई सम्झदै हेर्नुहोस् २०७७ साल असोज ६ गतेको राशिफल

रोदिक खबर

६, आश्विन २०७७
  • 2.9K
    SHARES
  • पाथीभरा मातालाई सम्झदै हेर्नुहोस् २०७७ साल असोज ६ गतेको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिनेछ । कृतिमानी काम गरी नाम कमाउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    पुराना विवादहरु साम्य हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । ऋण,रोग तथा संकटको सामाना गर्ने शक्ति जुटाउन सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । घरायसी प्रयोजनका लागि भोगविलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । उपहारका रुपमा विलाशी वस्तु हात लागि हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनः सुचारु हुने योग रहेको छ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    कार्य सम्पादन गर्ने सवासलमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेको छ । व्यापारमा लगानी गर्नको लागी केही समय धैर्यधारण गर्नुहोला । तर पनि कृषि,पशुपालन तथा पुर्ख्यौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । नचाहाँदा नचाहाँदै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    आफ्नै मिहेनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताको साथ गरीने कामको उच्च मुल्याङ्कन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा गर्न सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    नयाँ प्रविधी तथा सामाजिक सञ्जालको प्रयोग मार्फत वौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तीको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने बस्त्र तथा अलङ्कार उपाहार पाईनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    खर्च बढेपनि लामो दुरिको यात्राको तय हुनेछ । विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय फलदायि रहेको छ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्तसँग सैद्धान्तिक राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेममा धोका तथा अविस्वास सिर्जना हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरिमा बढुवा हुने योग रहेकोछ । व्यापार लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    धार्मिक तथा पढाई लेखाईकै सवालमा छोटो दुरिको यात्रा हुनेछ भने प्रविधिको सहयोग लिदै अध्यययनलाई निरन्तरता दिन सकिनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिती रहनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपस्थिति रहनेछ ।

    तपाईको दिन शुभ रहोस् ।
    ज्योतिषी दुर्गा भण्डारी ।

    प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - ०७:३१:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको