• ट्रेण्डिङ:

यी प्रदेशमा वर्षाको पूर्वानुमान, देशभर साधारणतया बदली रहने

यी प्रदेशमा वर्षाको पूर्वानुमान, देशभर साधारणतया बदली रहने

रोदिक खबर

२९, भाद्र २०८२
  • 1.9K
    SHARES
  • यी प्रदेशमा वर्षाको पूर्वानुमान, देशभर साधारणतया बदली रहने

    काठमाडौँ । देशका केही स्थानमा आइतबार (भदौ २९) वर्षाको पूर्वानुमान छ । यस दिन देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    ५१ देखि ७५ प्रतिशत आकाश बादलले ढाक्नुलाई साधारणतया बदली भनिन्छ । आइतबार दिउँसो देशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    “कोसी प्रदेशलगायत वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

    यस दिन राति पनि देशभर साधारणतया बदलीको पूर्वानुमान छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    बाँकी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    “कोसी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

    हाल पानी पार्ने प्रणाली मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - ०८:१३:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको