खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । उनको हत्यामा संलग्न छिमेकी सार्की थरका एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई सोमबार साँझ बाटोमै नियन्त्रणमा लिएर बलात्कार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए ।
स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा भदौ–३० गते राति शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको थियो ।
रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरि बुधबार इटहरीको बुढिखोलामा दाह संस्कार गरिएको जनाएको छ ।