काठमाडौं । रक्तचन्दन कारोबारी गर्ने चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। गएराति अरपेशन चलाएर महाशाखाले चार जना रक्तचन्दन कारोबारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको नाम भने गोप्य राखिएको छ। उनीहरुको समूहका थप एक जना फरार भएको र उनको समेत खोजी भइरहेको महाशाखाले जनाएको छ ।
प्रहरीले उनीहरुबाट २१ किलो ९ सय ग्राम रक्तचन्दन बरामद गरेको छ। आठ हजार ५ सय रुपैयाँ किलोको दरले बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई रक्तचन्दनसहित नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । उक्त रक्तचन्दन कहाँबाट आएको हो भन्ने खुलेको छैन।