विश्वविद्यालयहरूले तीन महिनाभित्र परीक्षाफल प्रकाशित नगरे अनुदान रोक्का गरिने

विश्वविद्यालयहरूले तीन महिनाभित्र परीक्षाफल प्रकाशित नगरे अनुदान रोक्का गरिने

रोदिक खबर

७, आश्विन २०८२
  • 1.9K
    SHARES
  • विश्वविद्यालयहरूले तीन महिनाभित्र परीक्षाफल प्रकाशित नगरे अनुदान रोक्का गरिने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिएका छन् । मंगलबार (असोज ७) सामाजिक सञ्जालमार्फत् तीनबुँदे निर्देशन दिएका हुन् ।

    "केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न आठ महिनादेखि एक वर्षसम्म लगाउँदा रहेछन् । विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो । त्यसैले विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने," उनले दिएकाे निर्देशनमा भनिएकाे छ, "समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिदिने ।

    राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको पाँच लाख विद्यार्थीको परीक्षाफल तीन महिनाभित्रै निकाल्दा रहेछन् ।" उनले नेपालभरिका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एकजना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने बताए ।

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुखहरू नकाट्ने) सफा गरी सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन निर्देशन दिइएको छ ।

    प्रकाशित मिति :आश्विन ७, २०८२ मंगलवार - २१:३०:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको