शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङमा सुमो दुर्घटना हुँदा ७ जना घाइते

खोटाङमा सुमो दुर्घटना हुँदा ७ जना घाइते

रोदिक खबर

१३, आश्विन २०८२
  • 1.7K
    SHARES
  • खोटाङमा सुमो दुर्घटना हुँदा ७ जना घाइते

    खोटाङ, असोज १३ । खोटाङमा सुमो दुर्घटनाहुँदा ७ जना घाइते भएका छन । सोमबार बिहान ९:१० बजे हलेसी तुवाचुङ नगरपालिका-१० बिजुलेस्थित मध्यपहाडि लोकमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    काठमाडौंबाट दिक्तेल आउदै गरेको ना १ ज ६०९४ नम्बरको सुमो आफै अनियन्त्रित भई सडक भन्दा १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सुमोमा चालक सहित १३ जना यात्रु सवार थिए । दुर्घटनामा घाइते भएका ७ जनाकै जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    घाइते हुनेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका-५ ४७ वर्षीय खडक नारायन राई, काठमाडौं बस्ने ३२ बर्षीया मिस्मा राई, दिक्तेल रुपाकोट मझुवागढी नपा-५ लफ्याङका ३२ वर्षीय देबराज घिमिरे, दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ का २६ वर्षीया कुसुम राई, दिक्तेलका १९ वर्षीया रुमिका राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका- ७ का पायल राई र सलिना राई रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १३, २०८२ सोमवार - १३:४२:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको