मंगलवार, कार्तिक ११ गते २०८३

इटहरीमा दशैको मासु पकाउँदै गरेकी २५ वर्षीया महिलाको हत्या, श्रीमान पक्राउ

इटहरीमा दशैको मासु पकाउँदै गरेकी २५ वर्षीया महिलाको हत्या, श्रीमान पक्राउ

रोदिक खबर

१४, आश्विन २०८२
  • 8.7K
    SHARES
  • इटहरीमा दशैको मासु पकाउँदै गरेकी २५ वर्षीया महिलाको हत्या, श्रीमान पक्राउ

    इटहरी । घरेलु विवादका क्रममा इटहरी उपमहानगरपालिका–१२ मा २५ वर्षीया महिलाको हत्या भएको छ ।

    खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा कोठा भाडामा बस्दै आएका ३० वर्षीय सुमन दाहालले सोमबार साँझ आफ्नी श्रीमती अनिसा भट्टराईलाई काठको बटमले प्रहार गर्दा उनको ज्यान गएको हो ।

    दाहालले राति करिब ८ बजेतिर श्रीमतीको टाउको, नाक र कानमा प्रहार गरेका थिए । घटनापछि गम्भीर घाइते भएकी भट्टराईलाई प्रहरीले उद्धार गरी उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पु(याइएको थियो ।

    तर उपचारको क्रममा राति ९:१० बजेतिर चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए ।

    इटहरी–१२ का पूर्व वडाध्यक्ष तथा स्थानीय बासी हिरा दाहालले घटना पारिवारिक मनमुटाबको कारण भएको बताए ।

    “ऐसलुखर्कमा करारमा जागिर गर्दै आएका श्रीमानले करिब २ महिना अगाडि हलगडामा श्रीमतीलाई छोडेका रहेछन् । श्रीमतीले श्रीमानलाई नभनी खनारको पूर्वाञ्चल आइसक्रिम पार्लरमा काम गर्न थालेपछि कोठा सरेकी रहिछन् ।

    दशैं मान्न आएका बेलामा श्रीमान्ले सो कुरा थाह पाएपछि झगडा परेको रहेछ र सोही क्रममा झगडा हुँदा श्रीमानले दशैको मासु पकाउदै गरेकी श्रीमतीलाई काठको बटमले हानेछन् , घटना थाहा पाए लगतै हामीले उनलाई प्रहरीलाई जिम्मा लगाइदिएका हौँ ।” उनले भने । घटनापछि आरोपी दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    घटनास्थल प्रहरी चौकी खनारबाट करिब एक सय मिटर दक्षिणतर्फ पर्ने प्रहरीले जनाएको छ । हत्यासम्बन्धी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १४, २०८२ मंगलवार - १५:५२:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको