शुक्रवार, भाद्र २६ गते २०८३

पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते

पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते

रोदिक खबर

१८, आश्विन २०८२
  • 1.2K
    SHARES
  • पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते

    फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिवार बिहान गाडी दुर्घटना भएको छ ।

    तमोर कोरिडोर अन्तर्गत पर्ने रानी गाउँको कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

    घाइतेहरूको उपचारको लागि धरानतर्फ पठाइएको छ । यात्रुहरूको विवरण आइसकेको छैन् । घटना स्थलमा प्रहरी पुग्न ढिला भएपनि स्थानीयले घाइतेहरूलाई उद्धार गरी धरानतर्फ पठाएका छन् ।

    स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै टोली परिचालन भएको जानकारी दिएको छ ।

    प्रकाशित मिति :आश्विन १८, २०८२ शनिवार - १४:३४:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको