शुक्रवार, भाद्र २६ गते २०८३

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय, विपद् प्रतिकार्यको के छ तयारी ?

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय, विपद् प्रतिकार्यको के छ तयारी ?

रोदिक खबर

१८, आश्विन २०८२
  • 911
    SHARES
  • आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय, विपद् प्रतिकार्यको के छ तयारी ?

    काठमाडौं । सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ ।

    देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो । तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो ।

    त्यस्तै, गृह मन्त्रालयमा देशभरका सीडीओहरूसँग सुरक्षाबारे छलफल भएको छ । त्यस्तै, उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय पनि भएको छ ।

    नेपाली सेनाको टोली पनि आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय भइरहेको पनि गृहले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १८, २०८२ शनिवार - १५:००:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको