• ट्रेण्डिङ:

करेण्ट लागेर वडाध्यक्ष तामाङको मृत्यु

करेण्ट लागेर वडाध्यक्ष तामाङको मृत्यु

रोदिक खबर

६, आश्विन २०७७
  • 2.7K
    SHARES
  • करेण्ट लागेर वडाध्यक्ष तामाङको मृत्यु

    सोलुखुम्बु । सोलुखुम्बुमा करेण्ट लागेर वडाध्यक्षको मृत्यु भएको छ । माप्यदूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको  मृत्यु भएको हो ।

    मंगलवार बिहान आफ्नै निवास सल्लेरीस्थित घरनजिकैको सल्लेरी च्याल्सा विद्युतको हाइटेसन लाइनको तारमा फलामको रडले छुँदा गम्भीर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा वडाध्यक्ष तामाङको फाप्लु अस्पताल पु¥याउने वितैकै मृत्यु भएको हो ।

    प्रहरीका अनुसार आज बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो।

    स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए। उनी लेखापढी व्यवसायी सङ्घ सोलुखुम्बुको अध्यक्ष समेत थिए। उनको श्रीमती र तीन छोराछोरी रहेका छन् ।

    प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - १०:०१:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको