शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

रोदिक खबर

६, आश्विन २०७७
  • 2.3K
    SHARES
  • नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

    काठमाडौं । नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो ।

    यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा सोमबार भएको हो ।

    सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठमा राजकुमार तामाङ, साँखु प्रभागमा जानुका देवी खरेल, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा चन्द्रकिशोर शाह र इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापा पठाइएका छन् ।

    इलाका प्रहरी कार्यालय रसुवामा केदार बस्नेत, वडा प्रहरी कार्यालय नेपालगञ्जमा डिल्लीबहादुर खड्का, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा विकास थापालाई प्रहरी प्रधान कार्यालयले पठाएको छ ।

    हेर्नुस् सरुवा सूची

     

     

    प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - १०:१७:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको