शुक्रवार, भाद्र २६ गते २०८३

धनकुटामा ट्रक दुर्घटना, चालक र सहचालक गम्भीर घाइते

धनकुटामा ट्रक दुर्घटना, चालक र सहचालक गम्भीर घाइते

रोदिक खबर

२७, आश्विन २०८२
  • 1.4K
    SHARES
  • धनकुटामा ट्रक दुर्घटना, चालक र सहचालक गम्भीर घाइते

    धनकुटा । धनकुटामा सोमबार बिहान भएको ट्रक दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्।

    धनकुटा नगरपालिका-९, पाँच गोलाई भन्ने स्थानमा धनकुटाबाट मूलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३ क ६९०६ नम्बरको मिनी ट्रक अचानक ब्रेक फेल भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।

    दुर्घटनामा ट्रकका चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक सोही जिल्ला रानीटार बस्ने २० वर्षीय दिनेश कार्की गम्भीर घाइते भएका छन्।

    बिहान करिब २ बजे भएको दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मूलघाट र प्रहरी चौकी मूलघाटको टोलीले उद्धार गरी घाइतेहरूलाई बिहान ४:३० बजे एम्बुलेन्समार्फत जिल्ला अस्पताल धनकुटा पठाएको छ।

    प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - ०९:२८:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको