• ट्रेण्डिङ:

कोरोना संक्रमणका कारण काभ्रेमा थप एकको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा थप एकको मृत्यु

रोदिक खबर

६, आश्विन २०७७
  • 1.9K
    SHARES
  • कोरोना संक्रमणका कारण काभ्रेमा थप एकको मृत्यु

    काभ्रे । कोरोना संक्रमणका कारण काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ ।

    ५० वर्षीया ती महिलाको कोरोना संक्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए ।

    उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन् । यो सहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

    हालसम्म काभ्रेपलाञ्चोकका ४६९ मा कोरोना संक्रमण देखिएको छ । कूल संक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३१२ उपचारपछि घर फर्किएका छन् । एक सय ५३ सक्रिय संक्रमितमध्ये ९४ जना अस्पताल आइसोलेसनमा र ६७ जना होम आइसोलेसनमा छन् ।

    प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - १०:५५:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको