खोटाङ । दाहाल प्रतिष्ठान शाखा समिति खोटाङले एसईई र कक्षा–१२ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने दाहाल परिवारका दुई जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।
दाहाल प्रतिष्ठानले दाहाल परिवारभित्र जिल्लाभरिमा एसईई र कक्षा १२ मा उत्कृष्ट जीपीए ल्याउने दुई विद्यार्थीलाई नगद सहित सम्मान गरेको हो ।
दाहाल प्रतिष्ठानले आइतवार दिक्तेलस्थित आफ्नै प्रतिष्ठानको कार्यालय दिक्तेलमा एक कार्यक्रमको आयोजना गरी एसईईमा उत्कृष्ट जीपीए ल्याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की प्रेरणा दाहाल र कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का साेहन दाहाललाई नगद पाँच हजारसहित सम्मानपत्रले सम्मान गरिएको दाहाल प्रतिष्ठान शाखा समिति खोटाङका अध्यक्ष मिनकुमार दाहालले जानकारी दिए ।
शैक्षिक सत्र २०८१ सालको एसईईमा प्रेरणाले मञ्जरी सेकेन्डडरी स्कूल काठमाडौंबाट ४ जिपिए र साेहनले कक्षा १२ को परीक्षामा मनास्लु वल्ड स्कुल चुच्चेपाटी काठमाडौंबाट व्यवस्थापन संकायतर्फ ३ दशमलव ८६ जिपिए ल्याएका थिए ।
खोटाङ जिल्लाभित्र बसोबास गरिरहेका दाहाल परिवारका विद्यार्थीहरुको हौसला बढाउनलाई नगदसहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष दाहालले बताए ।
प्रतिष्ठानले एसईई र कक्षा–१२ उतीर्ण गरेका अन्य दाहाल समुदायका विद्यार्थीहरुलाई पनि खादा लगाएर बधाई तथा शुभकामना दिएको छ ।