नेप्लीज युथ फर क्लाइमेट एक्सन (एनवाइसीए) ले खोटाङका दुई विद्यालयमा जलवायु परिवर्तन न्यूनीकरण सम्वन्धी कार्यक्रम गरेको छ । एनवाइसिएले कात्तिक १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सरस्वती मावि र पञ्च माविका विद्यार्थीलाई सहभागी गराएर जलवायु परिवर्तन र न्यूनीकरण सम्वन्धी कार्यक्रम गरेको हो ।
‘इन्टग्रेटिङ क्लाइमेट एक्सनः दि ग्रिन स्कुल पाइलट प्रोजेक्ट’ शिर्षकमा विद्यार्थीलाई जलवायु परिवर्तन, त्यसको प्रभाव र न्यूनीकरणका उपायका विषयमा जानकारी दिइएको छ । जलवायु परिवर्तन समग्र मानव अस्तित्वका लागि प्रमुख चुनौती बनेकाले विद्यार्थीमार्फत जागरण फैलाउन कार्यक्रम गरिएको नेप्लीज युथ फर क्लाइमेट एक्सन ९एनवाइसीए०का नेटवर्क कोअर्डिनेटर राजेशराज आचार्यले बताए ।
एनवाइसिएले डिलासैनी गाउँपालिका बैतडी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र फलेबास नगरपालिका पर्वतको सहयोगमा जलवायु परिवर्तन न्यूनीकरण सम्वन्धी कार्यक्रम गरेको हो । सरस्वती माविमा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, नगरपालिकाका शिक्षा शाखाका सुवासचन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रम सरस्वती माविका प्रधानाध्यपक शिवहरी ढकालको सभापतित्वमा आयोजना गरिएको थियो । सरस्वती मावि र पञ्च माविमा जलवायु परिवर्तन न्यूनीकरण सम्वन्धी सचेतनामुलक काम गर्नका लागि इ–को क्लव गठन गर्ने नेटवर्क कोअर्डिनेटर आचार्यले बताए ।
दिक्तेल निवासी आचार्य हाल बैतडीको गोकुलेश्वर कृषि तथा पशुविज्ञान क्याम्पसमा अध्ययनरत छन् । उनै आचार्यमार्फत दिक्तेलमा जलवायु परिवर्तन न्यूनीकरण सम्वन्धी कार्यक्रम गरिएको हो । थ्यग कभलत त्त्र