दिक्तेल । मोन्था चक्रवातको प्रभावले पूर्वी नेपालमा बुधबार साँझदेखि लगातार वर्षा भइरहेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आज शुक्रवारका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै एक दिनका लागि विद्यालय बिदा दिने उल्लेख गरेको छ।
शिक्षा शाखाका प्रमुख सुवाश राईका अनुसार अत्यधिक वर्षाका कारण विद्यार्थीहरूको सुरक्षा तथा आवत–जावतको चुनौतीलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको हो।
“ हिउँदे बिदाबाट बिदा कट्टा हुने गरि आज एक दिनको लागि बिदा गरिएको राईले जानकारी दिए।
लगातारको वर्षाले नगरका विभिन्न स्थानमा सडक अवरुद्ध भइरहेकाले अभिभावक तथा विद्यालयलाई सचेत रहन आग्रह गरिएको छ।
वातावरणीय जोखिम बढ्दै गएसँगै जिल्लाको जनजीवन प्रभावित बनेको ।