खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित स्वास्थ्यचौकीले उत्कृष्ट कार्यसम्पादन गर्ने तीन महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने महिला स्वास्थ्य स्वयंसेविका बबिना खत्री, गंगा बिष्ट र फूलकुमारी राईलाई सम्मान गरिएको हो ।
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई २२ औं महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर सम्मान गरिएको स्वास्थ्यचौकी याम्खाका सिनियर अहेव सौजन राईले बताए ।
महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा स्वास्थ्यचौकी याम्खाले आमा समुहबीचमा हाजिरी जवाफ प्रतियोगीता गरेको छ ।
प्रतियोगीतामा प्रगतीशिल आमा समुह खामडाँडाले प्रथम, महिला एकता आमा समुह लिलीमाले दोश्रो र चाँदनी आमा समुह खमारेले तेश्रो स्थान प्राप्त गरेको छ । सायपत्री आमा समुह डाँडागाउँले शान्त्वना स्थान प्राप्त गरेको छ ।