चक्र–अन्जु राई फाउण्डेसनको चौथो साधारणसभाका अवसरमा खुल्ला नृत्य प्रतियोगीता

चक्र–अन्जु राई फाउण्डेसनको चौथो साधारणसभाका अवसरमा खुल्ला नृत्य प्रतियोगीता

रोदिक खबर

२९, मंसिर २०८२
  • 2.3K
    SHARES
  • चक्र–अन्जु राई फाउण्डेसनको चौथो साधारणसभाका अवसरमा खुल्ला नृत्य प्रतियोगीता

    खोटाङ, २९ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा नृत्य प्रतियोगीता गरिएको छ । चक्र–अन्जु राई फाउण्डेसनको चौथो साधारणसभाको अवसर पारेर सोमबार नृत्य प्रतियोगीता गरिएको हो ।

    Screenshot_20251215_211409_Gallery(1).jpgसावित्रा माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा पञ्च मावि दिक्तेलका छात्र प्रतिक आचार्य प्रथम, दिक्तेल इंलिस बोर्डिङ स्कुलका छात्र सुसन राई दोश्रो र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलकी छात्रा सुजता राईले तेश्रो स्थान प्राप्त गरेका छन् ।

    १७ जनाको प्रतिष्पर्धा भएको प्रतियोगीतामा सरस्वती मावि दिक्तेलकी छात्रा मेनुका राईले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।

    प्रतियोगीताका विजेतालाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजारको साथमा प्रमाण–पत्र प्रदान गरिएको चक्र–अन्जु राई फाउण्डेसनका अध्यक्ष लिलाबहादुर खत्रीले बताए । साधारणसभाको अवसरमा बाम्राङभरिका ६ विद्यालयका उत्कृष्ट विद्यार्थीलाई स्टेशनरीका सामान प्रदान गरिएको छ ।

    Screenshot_20251215_204630_Gallery(1).jpgफाउण्डेसनले सावित्रा माविका उत्कृष्ट छात्रा पुजा भुजेल, दीक्षा थापा र सलिना रम्तेल, सुर्केडाँडा आविका ग्रीष्मा दर्जी र श्यामविक्रम खत्री, सिद्धेश्वरी प्राविका गरिमा राई, जनता प्राविका अनुप राई, वशन्त पञ्चमी प्राविका एन्जीना राई र वालविकास प्राविका उत्सव राईलाईलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

    उनीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, वडाध्यक्ष महेन्द्र राई, स्वर्गीय चक्र राईको श्रीमती अन्जु राई, छोरा उदिप राई, वडा सदस्य रेखा रम्तेल लगायतले पुरस्कार तथा स्टेशनरीका सामान हस्तान्तरण गरेकाे चक्र–अन्जु राई फाउण्डेसनकी सदस्य मीना कार्कीले जानकारी दिईन ।

    Screenshot_20251215_204511_Gallery(1).jpgयस्तै, फाउण्डेसनले अपांगता भएका दुई विद्यार्थी सहित तीन जनालाई न्यायो कपडा र स्टेशनरीका सामान प्रदान गरेको छ ।

    पूर्ण अपांगता भएका लिलामायाँ खत्री, सुर्केडाँडा आविका श्यामबिक्रम खत्री र सावित्रा माविका युनिसा बिश्वकर्मालाई न्यायो कपडा र स्टेशनरी प्रदान गरिएको हो फाउण्डेसनले २०७८ सालदेखि नै श्यामबिक्रम र युनिसालाई स्नातक तहसम्म पढाइदिने जिम्मा लिएको छ । हाल श्यामबिक्रम कक्षा ८ र युनिसा कक्षा ७ मा अध्ययनरत छन् ।

    पूर्व ब्रिटिस आर्मी रहेका स्वर्गीय चक्र राईको स्मृतिमा श्रीमती अन्जु राई र छोराछारीले २०७८ सालमा चक्र–अन्जु राई फाउण्डेसन स्थापना गरेका हुन् ।

    प्रकाशित मिति :मंसिर २९, २०८२ सोमवार - २१:०१:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको