• ट्रेण्डिङ:

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

रोदिक खबर

६, आश्विन २०७७
  • 3.3K
    SHARES
  • आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

    विख्यात हिमआरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सोमबार बिहान ७२ वर्षको उमेरमा निधन भएका हिउँ चितुवाु उपनामले चर्चित आङरिताको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको हो।

    मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विश्‍वको सर्वोच्च शिखर सगरमाथा मात्रै १० पटकसम्म बिनाअक्सिजन चढेका उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय लिएको हो। ​

    करिब ३ वर्षदेखि मष्तिष्कसहितको गम्भीर समस्यासँग जुधिरहेका उनको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको थियो।

    उनको जन्म सोलुखुम्बुको थामेमा भएको थियो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए।  यही कारण उनलाई ुहिउँ चितुवाु उपनाम दिइएको थियो।

    १० पटक अक्सिजनबिनै सगरमाथा आरोहण गर्ने शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र त्यस बेलाको सरकारले थप स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि विश्राम लिएका थिए।

    प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - १४:११:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको