खोटाङका दुई स्थानीय तहमा रेडियो नेपालको स्थलगत रेडियो बहस सम्पन्न

खोटाङका दुई स्थानीय तहमा रेडियो नेपालको स्थलगत रेडियो बहस सम्पन्न

रोदिक खबर

४, पौष २०८२
  • 3.0K
    SHARES
  • खोटाङका दुई स्थानीय तहमा रेडियो नेपालको स्थलगत रेडियो बहस सम्पन्न

    खोटाङ ४ पुस । सार्वजनिक सेवा प्रसारण नेपाल (रेडियो नेपाल) ले खोटाङ जिल्लाका दुई स्थानीय तहमा स्थलगत रेडियो बहस कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय सरकारद्वारा सञ्चालन भइरहेका विकास निर्माण, सेवा प्रवाह तथा समसामयिक गतिविधिलाई केन्द्रमा राखेर बहस कार्यक्रम आयोजना गरिएको हो ।

    रेडियो नेपालले हलेसी तुवाचुङ नगरपालिकामा बुधबार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिहीबार स्थलगत रेडियो बहस कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारण नागरिक तथा विभिन्न सरोकारवाला निकायबीच प्रत्यक्ष संवाद गरिएको थियो ।

    radio bahas khotang5.jpgरेडियो बहस कार्यक्रम रेडियो नेपालका बरिष्ठ कार्यक्रम अधिकृत हरि गिरी र भानुभक्त खड्काले सञ्चालन गर्नुभएको थियो । स्थानीय तहको पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि, नगरपालिका कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

    बहसका क्रममा सहभागीहरूले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ सरल, पारदर्शी र सर्वसुलभ बनाउनुपर्ने सुझाव दिएका थिए । साथै कृषि उत्पादन प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने, स्थानीय कृषि उत्पादनको बजारीकरणमार्फत किसानको हित सुनिश्चित गर्नुपर्ने, खेतबारीमा ठूलो समस्या बनेको बाँदर आतंक नियन्त्रण गर्न पहल गर्नुपर्ने आवाज उठाइएको थियो ।

    त्यसैगरी स्थानीय सडक स्तरोन्नति, शैक्षिक गुणस्तरमा सुधार, कार्यालयमा सुशासन प्रवर्द्धन तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुपर्ने विषयहरू पनि बहसमा उठाइएका थिए ।

    b1.jpegउठाइएका गुनासो तथा जिज्ञासाको जवाफ हलेसी तुवाचुङ नगरपालिकामा नगरप्रमुख बिमला राई, प्रमुख प्रशासकीय अधिकृत बशन्त गिरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा उपप्रमुख विसन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत रेखा राईले दिनुभएको थियो ।

    radio bahas khotang.jpg

    स्थलगत रेडियो बहस कार्यक्रमले स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्नुका साथै सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

    प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - २०:०४:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको