दिक्तेलमा विश्व ध्यान दिवस मनाइयो

दिक्तेलमा विश्व ध्यान दिवस मनाइयो

रोदिक खबर

६, पौष २०८२
  • 1.7K
    SHARES
  • दिक्तेलमा विश्व ध्यान दिवस मनाइयो

    खोटाङ । खोटाङको दिक्तेलमा विश्व ध्यान दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको आयोजनामा सम्पन्न कार्यक्रममा ध्यान अभ्यासको महत्व, मानसिक स्वास्थ्य प्रवर्द्धन र जीवनशैली सुधारका विषयमा चर्चा गरिएको थियो ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डा. सरबिन्द्र यादवका अनुसार ध्यानले मानसिक तनाव कम गर्नुका साथै शारीरिक र मानसिक सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको अभ्यासलाई दैनिक जीवनमा अपनाउन आवश्यक रहेको बताए ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डा. सरबिन्द्र यादवको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकरी कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका समन्वय अधिकारी अनुनय बस्तोला, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सहभागिहरुलाई ध्यान अभ्याससम्बन्धी जानकारी गराउँदै नियमित ध्यानले स्वस्थ, सन्तुलित र सकारात्मक जीवनशैली निर्माणमा सहयोग पुग्ने सन्देश प्रवाह गरिएको थियो ।

    कार्यक्रमले आयुर्वेद तथा प्राकृतिक उपचार पद्धतिप्रति जनचेतना अभिवृद्धि गर्दै स्वस्थ समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    प्रकाशित मिति :पौष ६, २०८२ आइतवार - १९:३०:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको